शोषितका शब्दहरू
बिजनबारी · दार्जीलिङ

मुक्तिनाथ शर्मा 'शोषित'

MUKTINATH SHARMA 'SHOSHIT'

कवि निबन्धकार कथाकार

दार्जीलिङ पहाडको माटो, पसिना र आत्मसम्मानको आवाज — भारतीय नेपाली साहित्यमा चार दशकभन्दा लामो सृजना-यात्रा।

प्रकाशित कृतिहरू

मन र म — मुक्तिनाथ शर्मा 'शोषित'

मन र म · २००६ — ५६ कविताहरू · आमा, दशैं, दार्जीलिङ, कर्तव्य…

प्रकरण — मुक्तिनाथ शर्मा 'शोषित'

प्रकरण · २०११ — २० निबन्धहरू · विश्वास, भूत, कालो, आँखा र आँसु…

दोछाया — मुक्तिनाथ शर्मा 'शोषित'

दोछाया · २०२३ — २० कथाहरू · मिरिना, रमा, सिरुपाते, एउटी आमा…

शोषितका शब्दहरू — मुक्तिनाथ शर्मा 'शोषित'

शोषितका शब्दहरू · २०२५ — ३३ कविताहरू · आमा, बाउ, जिन्दगी…

उज्यालो खोज्दै — मुक्तिनाथ शर्मा 'शोषित'

उज्यालो खोज्दै · २०२५ — ५२ मुक्तकहरू · माया, प्रकृति, अस्मिता…

नयाँ रचनाहरू

लेखकबारे · About the Author

माटोको कथा लेख्ने कलम

सन् १९६४ मा दार्जीलिङको सुन्तले गाउँमा जन्मिएका मुक्तिनाथ शर्मा 'शोषित' भारतीय नेपाली साहित्यका एक समर्पित साधक हुन्। शिक्षण पेशामा रहँदै उनले कविता, निबन्ध, कथा, गजल र मुक्तक — साहित्यका विविध विधामा निरन्तर कलम चलाएका छन्।

उनका रचनाहरूमा दार्जीलिङ पहाडको जनजीवन, चियाबारीको पसिना, गोर्खा अस्मिताको प्रश्न, प्रकृति-प्रेम र सामाजिक विसङ्गतिप्रतिको तीखो व्यङ्ग्य पाइन्छ। सरल, सरस र इमानदार शैली नै उनका लेखनको पहिचान हो।

पूरा परिचय पढ्नुहोस् →

"कतै वैसाखी टेकेर भए पनि
घस्रिएका हुन्छन्
मस्तिष्कमा शहीद हुन लागेका शब्दहरू
हो, त्यही त कविता हो।"
— 'हो त्यही त कविता हो', मन र म (२००६)